धरान/कोशी राजमार्गअन्तर्गत धरान–८ विश्वकर्मा मन्दिरभन्दा केही तल धरानका व्यवसायी कार दुर्घटना हुँदा घाइते बनेका छन् । 

आफै अनियन्त्रित भई को १ च ७५५३ नम्बरको कार दुर्घटना हुँदा ५७ वर्षीय व्यवसायी कृष्णकुमार अग्रवाल र ५३ वर्षीय बबिता अग्रवाल घाइते बनेका हुन् । उनीहरू नाताले दाजुबहिनी हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार घाइतेलाई तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

घाइतेमध्ये कृष्णकुमारको खुट्टामा चोट लागेको छ भने बबिताको अवस्थामा सामान्य नै रहेको बीपी प्रतिष्ठान पोष्टले जनाएको छ । इटहरीबाट धरान आउने क्रममा गाडी आफै अनियन्त्रित भई दुर्घटना हुन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।