मधुमल्ला  । मोरङको मिक्लाजुङ गाउँपालिकमा रहेको सानाकिसान कृषि सहकारी संस्थाको भवन सिलन्यास गरिएको छ । बुधबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि देवी प्रसाद आचार्यले सो भवनको शिलन्यास गरेका थिए ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ६ बालुवाटरमा निर्माण हुने सो भवनको क्षेत्रफल १६४० स्क्वायर  फिट रहेको छ । ६ कोठा र १ सभाहल सहितको सुविधा सम्पन्न भवन निर्माण गर्नेे सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष यामनाथ निरौले बताए । 

सो भवन निर्माणमा कुल ५८ लाख लागत लग्ने बताइएको छ । भवन निर्माणमा सानाकिसान विकास लघु वृत्त लि. इटहरीले भवन निमार्णका लागि चार लाख ५० हजार अनुदान सहयोग उपलब्ध गराउने बताइएको छ ।

भवन शिलन्यास कार्यक्रममा मावानुनसरी सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष जगत बस्नेत, मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलाल निरौला र संस्थाका पादाधीकारीहरुको उपस्थिती रहेको थियो ।