आज मिति २०७७ साल फागुन ९ गते तदनुसार २१ फेब्रुअरी सन् २०२१ । देशबाट प्रकाशित पत्रपत्रिकाले राजनीतिक, सामाजिक विषयवस्तुलाई अग्रपृष्ठमा प्रकाशित गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा गरेको सम्बोधन मुख्य रुपमा आजका प्रतिनिधि खबर पत्रिकाहरुले प्रकाशित गरेका छन् । त्यस्तै नेकपा विप्लव समूह सरकारसँग वार्ताका लागि तयार शीर्षकमा समेत समाचार प्रकाशित छन् । 

आजको कान्तिपुर दैनिकले सरकार–चन्द समूह वार्तातर्फ अग्रसर शीर्षकमा दायाँ भागमा समाचार प्रकाशित गरेको छ । त्यस्तै अग्रपृष्ठमा निर्वाचन आयोग जहाँको त्यहीँ शीर्षकमा नेकपा विवाद र चुनावको तयारी बारे समाचार प्रकाशित गरेको छ ।

सम्पादकीयमा पानीको संकट नगहिरियोस् शीर्षकमा विचार प्रकाशित गरेको छ । 

20210221_095416

समाचार

सरकारले दुई वर्षअघि गतिविधिमा प्रतिबन्ध लगाएपछि भूमिगत आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द समूह प्रतिबन्ध फुकुवा भए वार्तामा बस्न तयार भएको छ । प्रतिनिधिसभा विघटनपछि रक्षात्मक बनेको सरकारले विभिन्न शक्तिलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका बेला महासचिव चन्दले शनिबार विज्ञप्ति जारी गरेर सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् । 

**********

20210221_094444
अन्नपूर्ण पोस्ट दैनिकले विप्लव वार्तामा तयार शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा विप्लव पक्षका सर्त र सरकार पक्षका सर्त र वार्ताका एजेण्डाहरुलाई प्रस्तुत गरेको छ । अग्रपृष्ठमै अन्नपूर्णले वार्ता भए विकृति बढ्छ शीर्षकमा विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनबारे समाचार प्रकाशित गरेको छ ।
20210221_094452
अन्नपूर्णले पुछारमा नागरिकता बारे समस्या विषयक समाचार ‘नागरिकतालाई ५ वर्ष संघर्ष’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । 

सम्पादकीयमा अन्नपूर्णले बसाइसराइ व्यवस्थापन बारे विचार राखेको छ । 

समाचार : 

**********

नयाँ पत्रिका दैनिकले सर्वोच्चलाई प्रधानमन्त्रीको चेतावनी पुनस्र्थापना गरे आन्दोलन हुन्छ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सरकार विप्लव समूहबीच वार्ताको गृहकार्य प्रतिबन्ध फुकुवा विप्लवको सर्त शीर्षकमा अर्को समाचार छापेको छ । नयाँ पत्रिकाले अग्रपृष्ठकै पुछारमा शान्तिसेनामा नेपालबाट प्रतिवर्ष १० हजार पठाउने तयारी शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

 naya21

समाचार: 

**********

यस्तै आजको नागरिक दैनिकले विराटनगरमा शनिबार आयोजित नेकपा ओली पक्षको जनसभा बारे समाचार प्रकाशित गरेको छ । विराटनगरबाट ओलीको उद्घोष चुनाव हामीले नै जित्नुपर्छ शीर्षकमा समाचार प्रकाशित छ । अग्रपृष्ठको दायाँ भागमा प्रदेश १ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गरे कडा प्रतिवाद हुने अभिव्यक्ति दिएपछि सोही शीर्षकमा समाचार प्रकाशित छ । 

समाचार 

nagarik

**********

यस्तै पूर्वबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकले समेत विराटनगरमा शनिबार आयोजित नेकपा ओली पक्षको जनसभा बारे समाचार प्रकाशित गरेको छ । सेटिङ भएर जनताको विपक्षमा फैसला आए आन्दोलनः प्रधानमन्त्री ओली शीर्षकमा समाचार प्रकाशित गरेको छ । 

20210221_095829

ब्लाष्टले अग्रपृष्ठमै सुनसरी ४ः सधैं ठगिंदै जनता शीर्षकमा अर्को समाचार प्रकाशित गरेको छ भने पुछारमा नेवा च्यारिटी रनमा गजेन्द्रको सपना पूरा शीर्षकमा समाचार प्रकाशित गरेको छ । 

समाचार  

blast news paper 1

आज देशका प्रतिनिधि खबर पत्रिकाहरुले विराटनगरमा शनिबार आयोजित नेकपा ओली पक्षको जनसभा बारे समाचार प्रकाशित गरेको छ भने नेकपा विप्लव समूह वार्ताका लागि तयार रहेका विषयलाई प्राथमिकताका साथमा उठाएको छ । पत्रपत्रिकाले सम्पादकीयमा सामाजिक विषयवस्तुलाई उठान गरेका छन् ।