ब्लाष्टखबर ।   विधिविधान र पद्धतिको कुरा उठाए पनि व्यवहारमा स्थापित विधि पद्धतिको उलङ्घन गर्ने काम प्रचन्ड र माधवले गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । 


विराटनगरमा भइरहेको  प्रेस सङ्गठन नेपाल प्रदेश १ को प्रदेश स्तरीय भेलामा बोल्दै मुख्यमन्त्री  राईले  पटकपट भएका सहमतिहरू भएपनि तिनिहरूलाइ भत्काउने काम  प्रचण्ड – माधव समुहबाटै भएको बताएका छन् ।


उनले भने ' बिधि र पद्धतीको कुरा उठाउने  प्रचण्ड –माधवले नै गरे ।  पटक पटक सहमित भएपनी सहमती भत्काउने काम वहाँहरूबाटै भयो । '

  मुख्यमन्त्री राइले थपे ' दाहाल– नेपाल –खनाल कम्पनी विधिको राप ओकल्नेहरुले मुख्यमन्त्रीलाई हटाउने चेष्ठा गरियो तर, मुख्यमन्त्री टीका लागाएर कसैले बनाइदिएको होइन । प्रकृयाको खिल्ली उडाउने काम नाङ्गो रुपमा भयो ।'


 मुख्यमन्त्री राईले  प्रचण्ड माधव समुहलाइ इङ्गित गर्दै अराजक, लोभी, पापी जलेर मुर्छित हुने , डाढेहरुको कित्ता फरक भएको भन्दै स्थायी शान्ती, विकास समृद्धीको कित्तामा उभिन नेपाली जनतालाई अपिल गरेका छन् ।   


उनले भने ' अस्थिरता अशान्ती द्वन्द्वको कृडा स्थल बनाउने चाहानालाई हामीले पराजित गर्नु पर्छ । प्राप्त उपलब्धिको रक्षाका निम्ति पत्रकार पनि सहि ठाउँमा उभिनु पर्छ ।'