सुनसरी जिल्लामा सम्भावना बोकेका नेताका रुपमा उदयीमान रेवतीरमण भण्डारीलाई तत्कालीन एमालेमा उठ्न नसक्ने गरी लडाएको आरोप लाग्ने गरेको छ नेकपा माधव प्रचण्डका नेता भीमप्रसाद आचार्यलाई । वि.सं. २०७० सालको संविधान सभाको निर्वाचनपछि पार्टीभित्र रेवतीरमण भण्डारीलाई उठ्ने मौका नदिएको आरोप भीम आचार्यले खप्नु परेको छ । आम निर्वाचनका बेला टिकट बिक्री गरी अनियमितता गरेको आरोपसमेत खेप्ने गरेका सुनसरी क्षेत्र नं. १ ख बाट प्रदेशसभामा विजयी सांसद् भीम आचार्यमाथि मंगलबार सुनसरीे नेकपा (ओली समूह)का नेताले उछितो काढेका छन् । सांसद् आचार्यमाथि वराहक्षेत्रमा पूर्व सांसद् तथा नेकपा ओली समूहका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश १ का उद्योग, वन तथा वातावरण मन्त्री जगदीश कुसियत, वराहक्षेत्रका मेयर निलम खनालले सरकारलाई अप्ठ्यारो पार्ने काम गर्ने, पार्टी विभाजनको मुख्य मतियारका रुपमा भीम आचार्य रहेको आरोप लगाए ।

विस्तृत समाचार हेर्नका लागि यहाँ थिच्नुस