ब्लाष्टखबर ।  काेराेना विरूद्धकाे १० लाख डाेज खाेप काठमाडाै आइपुगेकाे छ ।

 सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेकाे काेभिसिल्ड नामक काेराेना विरूद्धकाे  १० लाख डोज खोप बिहीबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

खाेप नेपालमा आएसंगै मन्त्री त्रिपाठीले  नेपाल सरकार र नेपाली जनताको तर्फबाट  भारत सरकारलाई धन्यवाद दिएका छन् । उनले खोप न्यायपूर्ण रुपमा वितरण गरिने बताउँदै, एक हप्तादेखि दश दिनभित्र खोप दिन सुरु गरिने बताएका छन् ।  

 एअर इन्डियाको विमानमार्फत नेपालमा अवतरण भएकाे भारतले अनुदानमा उपलब्ध  १० लाख डाेज खाेप नसकीनै थप ४० लाख खाेप ल्याउने मन्त्री त्रिपाठीले जनाएका छन् ।  आधारभूत जनसंख्यालाई निःशुल्क खोप दिन्छौँ,’’ उनले भने ।


प्राप्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भन्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भन्डारण केन्द्रमा खोप पठाइनेछ ।