ब्लाष्टखबर । सप्तकाेशी नदिले बगाएर एक महिलाकाे उद्दार भएकाे छ । 

आज बिहान करिब ११ बजे सप्तकाेशी नदिकाे त्रिबेणी क्षेत्रका बग्दै आएकी महिलालाई काेशी पुलबाट करीब २ किलाेमिटर दक्षिणमा उद्दार गरिएकाे हाे । मलामी गएका मानिसहरूले महिला बग्दै आएकाे देखेपछि उद्दार गरेका एक प्रत्यक्षदर्शीले बताएका छन् । 

 नदिमा जिवितै महिला बग्दै गरेकाे देखेपछी उद्दारमा खटिएका उनिहरूले बेहाेस अवस्थामा  नदिबाट बाहिर निकाल्लन सफल भएका प्रत्यक्षदर्शी दिपेन्द्र कार्कीले बताएका छन् । 

' नदिकाे माथील्लाे भागबाट महिला बग्दै गरेकाे देखियाे । मलामीहरूले ३ पटकसम्म उद्दारकाे काेसिस गरे, अन्त्यमा बासकाे सहायताले किनारमा ल्याएर उद्दार गरियाे । '

 महिला बग्दै गरेकाे खबर पाएसंगै घटना स्थल पुगेकाे प्रहरी टाेलीले  उद्दार गरिएकी महिलाकाे प्रथमिक उपचार गरी थप उपचारका लागी धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाएकाे इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायव उपरिक्षक  नारायणप्रसाद काेइरालाले बताएका छन् । 

चतरा  रिसाेर्ट देखी करिब ९ सय मिटर दक्षिणमा उद्दार गरिएकी ति महिलाले  पेटिकाेटमात्र लागाएकाले नुहाउने क्रममा डुबेर बगेकाे हुनसक्ने काेइरालाले बताएका छन् ।

'महिलाले पेटिकाेट मात्र लगाएकाे अवस्था छ । त्यसकारण महिलाल नुहाउन नदिमा आएकाे हुनसक्ने देखिन्छ ।  हामी पहिचानकाे लागी वहाँकाे सम्पर्कमा काेही छन्की  भन्दै नदिकाे किनार तिर लागेका छाै । '

काेइरालाका अनुसार हरियाे पेटिकाेट लगाएकी अन्दाजी ५० वर्षीय ति महिला आर्यन समुदायकी जस्ताे देखिन्छिन्।