भण्टाबारी । सुनसरीमा हात्ती आक्रमणबाट फेरि एकजनाको ज्यान गएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट कोशी गाउँपालीका ५ बस्ने मोती यादवको मृत्यु भएको स्थानीयले जानकारी गराएका छन् ।

आरक्षका कर्मचारी र स्थानीय प्रहरी घटनास्थलमा पुगेका छन् भने यसबारे विस्तृत विवरण आउन बाकि छ ।