पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडक आश्रित मानवहरुको उद्धार सुरु गरेको छ ।
पथरीशनिश्चरे नगरका उपाध्यक्ष यामुना विष्ट बास्तोलाको नेतृत्वमा ५ जना र कानेपोखरी गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा १० जना गरी १५ सहयोगापेक्षीको उद्धार भएको हो ।
शनिबार कानेपोखरीको २, ३, ४, ६ र ७ वडाका १० सहयोगापेक्षीलाई मानव सेवा आश्रम विराटनगरमा पुनस्र्थापना गर्दै उपाध्यक्ष इङ्नामले सहयोग स्वरुप आश्रमलाई ३० हजार हस्तान्तरण गरेका थिए ।
त्यसैगरी पथरीशनिश्चरे नगरको वडा नं. १ बाट २ जना, वडा नं. ४ बाट १ जना, वडा नं. ६ बाट १ जना र वडा नं. ७ बाट १ जना गरी अभियानको पहिलो पल्ट जम्मा ५ जनाको उद्धार गरि पुनस्र्थापना गरिएको हो ।
उपाध्यक्ष बास्तोलाले मानव सेवा आश्रम विराटनगरलाई सहयोगस्वरुप ३० हजार पनि प्रदान गरेको छ ।नगरका निभिन्न वडाबाट उद्धार गरिएका उनीहरूको नगर प्रमुख दिलीपकुमार राइको समेत उपस्थितिमा एक कार्यक्रमका बीच पुनस्र्थापना गरिएको थियो ।
स्वास्थ्यकर्मी, वडाअध्यक्ष, वडासदस्यहरु सहित उद्धार गरी मानव सेवा आश्रम विराटनगर सम्ममापु¥याएको थियो । अन्य छुटेकालाई यो १ महिने अभियानमा उद्धार गरी मानवसेवा अश्रममा पु¥याइने कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले जनाए ।
मानवसेवा आश्रमले कोही पनि व्यक्ति सहयोगापेक्षी अवस्थामा बेसहारा भएर, असक्त, असहाय भएर सडकपेटी एवं सार्वजनिक स्थलमा रहन नपर्ने अवस्थाको निर्माण गर्नका लागि १ महिने मेची–महाकाली यात्राको सुरुवात गरेको छ ।
मेची–महाकाली यात्राको पहिलो दिन झापा जिल्लाको कन्काई नगरपालिका– ३, सुरुङ्गामा बाट सुरु गरेको थियो । सहयोगापेक्षी अवस्थामा रहेका झापा जिल्लाका विभिन्न उमेरसमुहका ७५ जना सडकमानवहरुसँग सहभोज कार्यक्रमको आयोजना गरिएको थियो ।