धनकुटा । झिँगु नेवाः समाज हिलेको सातौ वार्षिक साधरण सभा तथा तेस्रो अधिवेसन शनिबार पर्यटकिय स्थल जौटारमा सम्पन्न भएको छ ।

तेश्रो अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नवगठित समितिको अध्यक्षमा पुनः डिजेश शाक्य, उपाध्यक्ष सोममाया श्रेष्ठ, सचिव सन्तोष श्रेष्ठ,सह सचिव नरेश श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्र प्रसाद धिनाज्यू रहेका छन ।

समाजको अन्य सदस्यहरुमा शैलेस श्रेष्ठ, योगेन्द्र श्रेष्ठ, दीपा श्रेष्ठ, राम प्रधान,सुशन श्रेष्ठ र ज्ञानेन्द्र शाक्य चयन भएका छन् । समाजले पर्यटकीय स्थल जौटार सामुदायिक वनमा वनभोज कार्यक्रम आयोजना गर्दै तेश्रो अधिवेशन सम्पन्न गरेको हो ।

तेश्रो अधिवेशनको वन्द सत्रमा कोषाध्यक्ष ज्ञानेन्द प्रसाद धिनाज्युले ४ लाख, ८३ हजार, ४१ रुपयाँ वरावरको आय–व्याय प्रश्तुत् गरेका थिए । अधिवेशनको उद्धघाटन सत्रमा सहभागी पत्रकारद्धय सन्तवीर लामा र मानवी मोक्तानलाई मायाको चिनो प्रदान गरिएको थियो ।

अधिवेशन पुनः निर्वाचित अध्यक्ष दिजेश शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव सन्तोष श्रेष्ठले गरेका थिए ।