विजयपुर । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले ‘घुमौ सौराहा’ अभियान लिएर देशदौडाहमा निस्किएको सौराहाका पर्यटन व्यवसायीको समुह पुर्व आएको छ । चितवनको सौराहा नेपालका प्रमुख पर्यटकिय गन्तव्य मध्येको एक हो ।

कोरोना भाइरसबाट बच्न सरकारले लगाएको लकडाउन हुन पुर्व सौारहामा आन्तरिक तथा बाह्य पर्यटकको घुइचो हुने गर्दथ्यो । कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन लगाएपछि सौराहाको मात्र होइन सबैतिरको पर्यटन व्यवसाय थलियो ।

अहिले लकडाउन खुलेपनि पर्यटन व्यवसाय भने पहिले अवस्थामा फर्किन सकेको छैन् । लकडाउन खुलेपनि कोरोना भाइरस जोखिम उस्तै रहेकाले सौराहामा बाह्य पर्यटकको आगमन भने शुन्य जस्तै रहेको अभियानमा आएको समुहले वताएको छ ।

चितवन सौराहामा असोजदेखि होटलहरु खुलेका हुन् । पर्यटक भने आएनन् । अहिलेसम्म होटल तथा रेष्टेराँहरुमा स्वास्थ्यका सबै मापदण्ड पुरा गर्यौ ।

अब जोखिम कम छ । शुक्रबार ‘होटल सन्ध्या ईन’ धरानमा पत्रकार सम्मेलन गर्दै क्षेत्रिय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले भने, ‘आन्तरिक पर्यटन प्रवद्धनमा लागि ‘घुमौ सौराहा’ अभियान लिएर पूर्व आएका छौँ ।’

उनले थपे ‘पुर्वका पर्यटकहरुलाई सौराहा घुम्न निम्तो छ ।’ उनले अझ थपे, ‘ हामी अभियान लिएर ७ वटै प्रदेश पुग्छौ ।’ शुक्रकार समुहले अभियानको शुरुवात धरानबाट गरेको छ । समुहले शुक्रबार नैे विराटनगरमा पनि कार्यक्रम गर्ने बताएको छ ।

कार्यक्रममा चितवनका पर्यटकीय गतिविधिहरु समेटिएको वृत्तचित्र प्रर्दशन हुनेछ । साथैे चितवन घुम्न किन जाने, कसरी जाने, केके लिएर जाने, कति दुरी छ भन्ने जानकारी दिइने संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए ।

संघका कोषाध्यक्ष माधव दवाडीले लकडाउनमा सौराहाले मात्र दैनिक ५० लाख आर्थिक क्षति व्यहोर्नुपरेको बताए ।

उनले भने, ‘अहिले केहि सहज हुँदैछ ।’ समुहले चितवनका व्यवसायीहरुले सौराहा घुम्न आउने पर्यटकहरुलाई २० देखि ४० प्रतिशतसम्म होटल तथा रेष्टुराँहरुमा छुट दिने व्यवस्था गरेको वताएको छ । अभियानमा सङ्घका अध्यक्ष भट्टराईको नेतृत्वमा सञ्चारकर्मी र सम्पुर्ण पर्यटन व्यवसायीहरुको समुह अभियानमा निस्किएको वचाएको छ ।