यासोक । गत वर्ष पुषको महिना कठ्याङग्रिदो मौसम थियो । रातको १२ बजे रनबहादुर खड्का २ वटा रित्तो गाग्री बोकेर पानीको कुवामा पुग्ने गथ्थे । पालो कुरेर रातको ३ बजे घर फर्कन्थे । रात दिन पानीको खोजीले भोक निद्रा नै हराउन्थो ।
मस्त निद्रामा खानेपानीको पालो बिर्सदा ५ घण्टा लगाएर एक गाग्रो पानीको जोहो गर्नु पथ्र्यो । सो समयमा गाउँमा धेरै जना चिसोले बिरामी समेत परेका थिए । त्यही पीडा खप्न नसकी छिमेकीहरु जग्गा जमिन छोडेर बिस्थापित समेत भएका थिए ।
ति दिन सम्झिदा उनको आँग सिरिङग हुन्छ । अहिले कुनै समस्या छैन । जब तमोर नदिको पानी आगनमै आइपुग्यो तब उनको खुसिको सिमा नै छैन । दिनमा भोक र रातमा मिठो निद्रा लाग्न थालेको उनि सुनाउँछन ।
“खानेपानी नियमित बोक्दा ढाडमा खाटा बसेको घाउँ अझै ठीक भएको छैन । रात दिन पानी बोक्ने काम मात्रै हुन्थ्यो । तर अहिले ति दिन सम्झिदा ठुलै युद्ध जिते जस्तो भएको छ् हर्सित मुद्रामा खड्काले भने ।
उनि मात्रै होइनन् यो पीडा भोग्ने सुख्खाक्षेत्रका नागरिक अहिले खुसि छन । गत वर्षसम्म खानेपानीको कहाली लाग्दो समस्याबाट मुक्त भएको एक वर्ष भएको छ । खानेपानी गाउँपालिकावासीका लागि अमृत समान थियो ।
खानेपानीकै कारण बसाइ सर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्को तर्फ बालबालिकाहरु समयमा बिद्यालय पढ्न समेत बञ्चित भएका थिए । तर अहिले स्थानीयले बिगतका पीडा भुल्दै जानथालेका छन ।
गाउँघरमै तमोर लिफ्ट खानेपानी योजना संचालनपछि धेरै सहज भएको कुम्मायक ५ का भक्तबहादुर थापाले बताए । ‘खानेपानीको हाहाकार हुदा धेरैले गाउँ छाडे् । हुने खाने त गए तर हामी हुदा खानेलाई जाने कुनै ठाउँ थिएन् । बरु वर्षादको पानी संकलन गर्ने प्लाष्टिक पोखरी गाउँपालिकाले दियो । जसोतसो दुःख काट्यौ । अहिले नयाँ जुनी फेरेका छौ थापाले भने ।
गाउँपालिकामा खानेपानीको समस्याबाट दश वर्ष यता ५ सय भन्दा बढि घरधुरी बिस्थापित भइसकेका छन । खानेपानी समस्यामा परेका ३ हजार ४३ घरधुरी मध्ये २ हजार भन्दा बढि घरधुरीले खानेपानीको उपभोग गर्दै आएका छन ।
बाँकी घरधुरीमा खानेपानीको धारा जडान गर्न प्राविधिक समस्याका कारण केही ढिला भएकाले यसको पनि काम भइरहेको तमोर लिफ्ट खानेपानी उपभोत्ता समितिका कार्यवाहक अध्यक्ष मेघराज निरौलाले बताए ।
दश वर्षदेखि सुख्खाले सुकेका खानेपानीका कुवा र धारमा यो वर्षको वर्षादले बढेका छन । खानेपानी, विद्युत र सडकको सुविधापछि अहिले बसाइ सर्ने क्रम पनि घटेको छ । गाउँमै लाखै रुपैया खर्च गरेर स्थानीयले घर बनाउँन थालेका छन ।
‘खानेपानीको समस्याले तराइ झरियो तर गाउँमा खानेपानी सुविधा भएपछि गाउँमा घर बनाउँन लागेको छु स्थानीय आसबहादुर चेम्जोङले भने । उनि जस्तै अन्य नागरिकले खानेपानी पीडा भुलेर घर बनाउँने र जग्गाको किनबेच गर्ने जस्ता गतिविधिहरु गर्न थालेका छन ।
पछिल्लो समयमा खानेपानी समस्या समाधानपछि बढ्दै गइरहेको बसाइ सराइ समेत रोकिएको गाउँपालिकाले जनाएको छ ।