विराटनगर । विराटनगरमा गएराती आगलागीमा परी एक जना बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
शनिबार राती साढे १२ बजेको समयमा विराटनगर – १४ झटीयाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १३ वर्षीय छोरा रबिन दासको जलेर मृत्यु भएको हो ।
राजेशकको श्रीमती इन्दु देवी र कान्छा छोरा ८ वर्षिय रवि दास घाइते भएको स्थानिय नरेश यादवले बताए ।
राजेशकुमार राजमिस्त्रीको काम गर्दछन् । शनिबार राती छिमेकी दिलिप यादवको छोरीको बिवाहमा गएर राती साढे ९ बजे घरमा आएका थिए ।
जस्तापातो लगाएको पुसको घर भएको दास परिवार १० बजे राती सुतेको दुई घण्टापछि घरको चारैतिबाट आलो लागेको राजेशले बताए ।
कान्छो छोरा र छोरीलाई उठाएर बाहिर लगेपनि जेठा छोरालाई बचाउन नसकेको उनले बताए ।
‘छिमेकीको घरमा विवाह गएर राती स–परिवार घरको एउटै कोठामा सुतेका थियौ,’ राजेशले ब्लाष्टलाई सुनाए, ‘दुवै छोरा र श्रीमति सुती हाले । म मोवाइलमा फिलिम हेर्दै ढलकिएको थिए । राती साढे १२ बज्न लागेको थियो । घरको बाहिर चारै तिर एक्कासि आगो सल्कियो ।’
श्रीमती, कान्छा छोरा र जेठी छोरीलाई बाहिर निकाल्न सफल भएपनि जेठा छोरालाई निकाल्न नसकेको उनले बताए । ‘चारै तिर ओगोलागेको सल्केपछि दुई घण्टामा मात्र नियन्त्रणमा आयो,’ उनले भने, ‘राती साढे १२ बजे लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आउन ३ बजेको थियो ।’ आगोलागेर चौपाय, खाद्यान्य, लत्तापकडा र नगद पनि जलेर नष्ट भएको उनले बताए ।
‘राजमिस्त्री काम गरेर किनेको नयाँ मोवाइल र नगद १६ हजार रुपैयाँ घर खर्चको लागि राखेको थिए,’ उनले भने, ‘भएको पैसाँ र छाक टार्ने खाद्यन्य र लत्ता कपडा जलेर खरानी भयो ।’
मृतक रबिन कक्षा दुईमा स्थानिय बिष्णु बाल माविमा अध्यरतछ थिए ।
घटनास्थलमा पुगेका इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख निरीक्षक दिपक थापाले चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएर बालकको मृत्यु भएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको बताए ।
‘राति ताप्न बालेको घुर ननिभाई सुतेका कारण घरमा सल्किएको प्रराम्भिक चरणको अनुसन्धानले देखिन्छ,’ उनले भने ‘सुतेकै क्रममा १३ वर्षीय बालकको मृत्यु र अन्य घाइते भएको अवस्था छ ।’
घाइते भएका कान्छा छोराको रविको बढी चोट लागेको छ । उनको अनुहार जलेको छ ।
आमा इन्दुदेवीको हातको पाखुरा र जीउमा चोट लागेको छ । विराटनगरस्थिते कोशी अस्पतालमा उपचार पछि अहिले घरमा ल्याएको छ ।
मृतकको कोशी अस्पतालमा पोषमाटम गरिन राखिएको प्रहरीले प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा संघिय संसद शिवकुमार मण्डल, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, काँग्रेस नेता राजेश गुप्ता पुगेका छन् ।
गुप्ताले आगोलागी पीडित दास परिवारलाई नगद ११ हजार १ सय ११ रुपैयाँ दिने घोषणा गरेका छन् ।