धनकुटा / भोजपुर जिल्लाको दुर्गम गाउँ कोदाक काउलेका एकै घरका तिन परिवार ५ दिन देखी वेपत्ता भएको खबर सार्वजानिक भएको छ ।

षडानन्द नगरपालिका वडा नंं.२ कोदाककाउले घर भएका डिक बहादुर तामाङका वर्ष २० का साँहिली बुहारी जुना तामाङ, वर्ष १४ कि कान्छी छोरी रमिता तामाङ र १६ महिनाकी नातिनी विष्णु माया तामाङ मंसिर २९ गते सोमबार साँझ देखी वेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ देखी वेपत्ता भएका तिनै जना हालसम्म नभेटिएको दिङ्गला इलाका प्रहरी कार्यालयका इन्चार्ज इनेस्पेक्टर भास्कर खतिवडाले जानकारी दिए । उनले प्रहरीमा हुलिया परिसकेकाले खोजी कार्य भैरहेको वताए ।

घरमा कोही नभएको बेला मंसिर २९ गते सोमबार साँझ घरमा पालिएको भोटे कुकुर सहित तिनै जना वेपत्ता भएको शशुरा डिक बहादुर तामाङले बताए । घरमा छोरा मान्छे कोही नभएको दिन बुहारी, छोरी र नातिनी वेपत्ता भएको शसुरा डिक बहादुरले बताएका छन् ।

उनले आफु दिउँसो बारीमा गोरू जोत्नु गएको र साँझमा घर आउँदा कोही नभएको बताए । उनले खोजीको लागी तिनै जनाको हुलिया सहित कोदाककाउले प्रहरी चौकीमा निवेदन दिएको र इलाका प्रहरी कार्यालय दिङ्गलामा पनि जानकारी गराई सकेको बताएका छन् ।

बुहारी जुना तामाङले बोकेको ९८०८६७१०४० नम्बरको मोवाईलमा फोन गर्दा कल जाने गरेको तर नउठाएको शसुरा डिक बहादुरले बताए ।

फोन जानु तर नउठाउनुले कोही कसैबाट नियन्त्रणमा लिएर केटाकेटीलाई राखेर आफुलाई दुःख दिएको गुनासो गरेका छन् ।