दमक । सामान्य बुझाइमा यातयातको सहज पहुँच नपुगेका पहाडी ठाउँमा झाेलुङ्गे पुल निर्माण हुने गर्दछ । तर पछिल्लो समय तराईका समथर भुभागमा पनि झाेलुङ्गे पुल निर्माण भैरहेका छन् ।
पक्की पुल निर्माण गर्न भन्दा कम खर्च र छोटो अवधिमै निर्माण पनि सकिने हुँदा तराईका ग्रामिण स्थानामा पनि झाेलुङ्गे पुल निर्माण थालिएको छ ।
पछिल्लो समय झापा दमकको उत्तरी क्षेत्र दुधे , मोरङको मिक्लाजुङ स्थित तोरीबारी र इलामको चुलाचुली स्थित फूइके जोड्ने पुलको निर्माण कार्य सुरु भएको छ ।
१ सय ७० मिटर लामो झाेलुङ्गे पुल निर्माणकालागि जगदम्बा, रुजन र युनिकन जेभीले सम्झौता गरेको छ । १ करोड ९० लाख ५६ हजार रुपैयाँकाे लागतमा १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी गत श्रावण १ देखि सो निर्माण सम्झौता भइ काम सुरू भएकाे हाे ।
पुल नहुँदाकाे विद्यालय जान सास्ती
प्रदेश १ का सुगम नगर मध्येकाे एक दमक नगरपालिकाको उत्तरी क्षेत्रमा बसाेबास गर्ने त्यहाँ स्थानियकाे अवस्था हेर्ने हो भने कुनै ग्रामिण पालिकाका बासिन्दाको भन्दा कम पीडा छैन ।
दमक ३ दुधे ढुङ्गे की सान्ती माया राईका छोराछोरी मोरङको मिक्लाजुङ गाउँपालिका स्थित मधुमल्लाको एक विद्यालयमा अध्ययन गर्छन ।
हिउँदा मावा खोलामा पानीकाे बहाब कम हुने भएकाले विद्यालय जान समस्या नभएपनि बर्खामा भने छाेराेछाेरीलाई विद्यालयनै पढाउन नसकीने उनि बताउँछिन् ।
यसरी छाेराेछाेरी विद्यालय जानबाट नै बञ्चित भैरहेकाे अवस्थामा पुल बन्नाले त्याे बाध्यता हट्ने राईकाे विस्वास छ ।
कृषि उत्पादनकाे बजारीकरणमा समस्या
दुधे दमक नगरपालिका रहेपनि दमक बजार उनिहरकालागी १२ किलाेमिटर पर छ । तर मिक्लाजुङको मधुमल्ला बजार बढिमा १ किलोमिटर टाढा भएका कारण पनि त्यहाँका स्थानियकाे अधिकांश कारोबार मोरङको मिक्लाजुङमा नै हुने गर्दछ ।
मधुमल्लाका किसानहरूकाे दुधेमा खेती भएकाले पनि बन्नलागेकाे पुलले दुई जिल्लाकाे सम्बन्धलाई अझ बलियो बनाउन महत्वपूर्ण भुमिका खेल्ने स्थानीयबासी खेमराज खड्का बताउँछन् ।
मावा खोलामा बाह्रैमास पानी हुने भएकाले उत्पादन बजारसम्म पुर्याउन समस्या हुनु, दमक बजार दुरीका हिसबले टाढा हुनु, जस्ता समस्याले दुधे ढुङ्गेको उत्पादनले राम्रोसँग बजार पाइरहेको अवस्थाकाे मध्यनज गर्दै पुल निर्माण सुरु गरिएको वडा नं ३ का वडाअध्यक्ष नबिन बरालको भनाई छ ।
उनले भने' यो पुल निर्माण भै सकेपछि झापाको दमक, इलामको चुलाचुली र मोरङको मिक्लाजुङको सम्बन्धमा थप सहज हुने छ ।'