पाँचथर/ पाँचथरको हिलिहाङ गाउँपालिका-६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् ।

आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतवार बिहान सवा १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृतसहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।