यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा गठित सहजिकरण समितिले काम सुरु गरेको छ ।
यासोक बजार कालो पत्रे गर्न गठन गरेको सहजिकरण समितिले काम सुरु गरेको हो । निर्माण कम्पनीले बजारको बिभिन्न स्थानमा योजनाको काम अघि बढाउँन थालेपछि स्थानीयले गाउँपालिकामा लिखित र मौखिक निवेदन दिन थालेपछि गाउँपालिकाले केही दिन अघि सहजिकरण समिति गठन गरेको थियो । गाउपालिकामा बसेको सर्वपक्षिय भेलाले कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती सम्योजकत्वमा १५ सदस्य समिति गठन गरी योजनाको काममा सहजिकरण गर्दै आएको छ ।
गठित समितिले यासोक बजार कालो पत्रेको काम अघि बढाउँन बिवाद र उजुरी आएका स्थानमा सहजिकरण गरी निर्माण व्यवसायीलाई काम गर्ने बातावरण सिर्जना गर्दै आएको समितिका अध्यक्ष तथा वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । ‘यासोक बजार कालो पत्रेको लागि केही बिवादित स्थानका जग्गाधनीसंग आवश्यक समन्वय गरि सहमती जुटाएका भन्दै अब योजनाको काम निरन्तर रुपमा अघि बढ्ने लावतीले बताए ।
त्यस्तै यासोक बजारको पशु र कृषि शाखासम्मको सडक कालो पत्रे गर्दा केही रुखहरु काट्नु पर्ने भएको भन्दै सिद्धदेवि सामुदायिक बन उपभोक्ता समिति, सव डिविजन बन कार्यालयसंग आवश्यक समन्वय गर्ने काम पनि भइरहेको समितिले जनाएको । प्रदेश सरकारको सहयोगमा सहरी बिकाश तथा भवन कार्यालय इलामले १० करोड ५२ लाख ४६ हजार ३ सय ५५ रुपैयाँमा “सियम कृष्ण लक्ष्मी जेभी काठमाडौंलाइ ठेक्का दिएको थियो ।
ठेक्का पाएको निर्माण कम्पनीले कालो पत्रेको काम सुरु गरेपछि सम्भावित बिवाद निरुपण गर्न सहजिकरण समिति गठन गरिएको हो । गठित समितिले सहजिकरणको काम सुरु गरेपछि योजनाको काम सहज रुपमा अघि बढ्ने स्थानीयले विश्वास लिएका छन ।