विराटनगर । अपाङ्गगता भएका व्यक्तिहरूको २९ औ अन्तराष्ट्रिय दिवसको सन्दर्भमा अपाङ्गगता भएको व्यक्तिहरुको खुल्ला दौड र ह्विलचियर दौड प्रतियोगिता आयोजना गरिएको छ । बिहीबार बिहान विराटनगरमा खुल्ला दौड र ह्विलचियर दौड प्रतियोगिता आयोजना गरिएको हो ।

महिलातर्फ भएको खुल्ला दौड प्रतियोगिताको प्रथम कबिता पौडेल र द्धितीय जुलिया साह भइन् । सोही विधामा पुरूषतर्फको प्रथम राम कामत र द्धितीय बाम देव भए । यस्तै ट्राइसाइकल दौड प्रतियोगिताको प्रथम रामकुमार सहनी र सोक दास घोषित भए ।

ह्विलचियर दौड प्रतियोगिताको प्रथम शिभम झा र द्धितीय दोमराज पराजुली भए । प्रतियोगितामा प्रथम हुनेले ३ हजार र द्धितीयले २ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले राज्यले अवसर दिए अपाङ्गगता भएका व्यक्तिहरूले पनि सपाङ्ग व्यक्तिले जस्तो राम्रा कामहरू गर्न सक्ने बताए । अपाङ्गगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धी र सीपमुलक तालिम लिएर अत्मनिर्भर बनाउने कार्यक्रम पनि लिएर आएको प्रमुख पराजुलीले जानकारी दिए ।