ब्लानष्टखबर । फ्रान्सका पूर्वराष्ट्रपति बेलेरी जिस्कार्ड डी स्टाइङको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत साता मात्र अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्किएका बेलेरीकाे पुन: अस्वस्थ भएका थिए । 

श्वास–प्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका उनकाे बुधबार मृत्यु भएकाे त्यहाँका संञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका बेलेरी मृत्यु कोरोना संक्रमणबाट भएको उनि संस्थापक रहेकाे बेलेरी फाउन्डेसनलेले जनाएकाे छ । 

९४ वर्षीय बेलेरी युरोपियन युनियन (इयू) को योजनाकारमध्ये एक हुन् । उन्लाई । फ्रान्सलाई संगठित बनाउने र एकजुट पार्ने श्रेय दिने गरिन्छ । बेलेरीकाे मृत्यु पश्च्यात इयूले बिहीबार विज्ञप्तिमार्फत आफ्ना संस्थापक सदस्यको निधनप्रति शोक व्यक्त गरेको छ ।