भद्रपुर । हल्दीबारी गाउँपालिकाको समग्र वस्तुस्थिति समेटिएको ‘हाम्रो सुन्दर हल्दीबारी’ बोलको नेपाली राष्ट्रिय गीत निर्माण गरिएको छ ।

हल्दीबारी गाउँपालिकाभित्रका १५ वटा जातजातिको पहिचान संस्कृति र गाउँपालिकाका हरेक सम्पदा संरचना समेटिएको त्यस राष्ट्रिय गीतको प्रदेश साँसद पूर्णसिंह राजवंशीले विमोचन गरे । प्रोजेक्टरमा बटन दबाएर उनले त्यस गीत सार्वजनिक गरेका हुन् ।

मदनकुमार राजवंशी मुख्य निर्माता , पदम राजवंशी र गोपाल सिंह राजवंशी सह निर्माता, प्रदीप राजवंशी , अजयलाल राजवंशी , सन्तोषकुमार राजवंशी , छविलाल राजवंशी र शुभकरण राजवंशी निर्माता रहेको त्यस गीतमा बलराम राजवंशी , बलबहादुर राजवंशी , दिलकुमार राजवंशी , मनोरथ राजवंशी , निकिता राजवंशी र रीता राजवंशीको स्वर रहेको छ ।

मनोरथ राजवंशीको शब्दमा बलराम राजवंशीले सङ्गीत दिएका छन् । त्यसको छायाङ्कन सुवाष र सागर राजवंशीले गरेका छन् भने कोरियोग्राफी सन्दीप राजवंशीले गरेका छन् । विश्व राजवंशीको निर्देशन रहेको गीतमा मेकअप यशोदा राजवंशीले गरेकी छन् । हल्दीबारीका सबै भौगोलिक स्थान र चिनारीलाई त्यस राष्ट्रिय गीतको छायाँङ्कनमा समेटिएको निर्माता मदन राजवंशीले बताए ।

गीतमा दिलकुमार राजवंशी , माया राजवंशी , किरण राई , रेखाकुमारी राजवंशी , त्रिलोचन सापकोटा, उत्सव श्रेष्ठ, विविका श्रेष्ठ, दिपेश राजवंशी , शम्भु तामाङ, विनु हेमरम , रसिला फागो , रोशनी राजवंशी , सन्ध्या राई, कल्पना राजवंशी, हिमा राजवंशी, उषा राजवंशी , कमला राजवंशी, विना राजवंशी , युनिशा चौहान र प्रतिज्ञा कार्कीले अभिनय गरेका छन् ।

विराटनगरको विट्स स्टुडियोमा रेकर्डिङ गरिएको सो गीतलाई हल्दीबारीभित्र छायाङ्कन गर्न एक साता लागेको निर्माण पक्षले जनाएको छ ।

गीत विमोचन कार्यक्रममा प्रदेश साँसद राजवंशी , संविधानसभा सदस्य मोहन टुडु, हल्दीबारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटालगायतले शुभकामना मन्तब्य राखेका थिए । हल्दीबारी २ का वडाध्यक्ष राजेन्द्र योङहाङ, कलाकार बलराम राजवंशी लगायतको उपस्थिति रहेको कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मनोरथ राजवंशीले गरेका थिए भने सञ्चालन दिलकुमार राजवंशीले गरेका थिए ।