विराटनगर/ विराटनगर १२ बखरी र १६ दरैयाँको सडका भारतदेखि चोरी तस्करी गरि अवैध सामाग्री ल्याउने सडक क्षेत्र पर्दछ । यहाँका सडकमा अहिले स्थानियले पाकेको धान बाली भित्राएपछि चौपायलाई खुवाउने पराल कुनियू बनाएर राखेका छन् । सडक छेउमा कुनियू बनाएर राखेको परालमा अज्ञात समूहले आगजानी गरिदिएका छन् ।

बखरी र दरैयामा स्थानिय किसानले सडक किनारमा राखेका परालमा आइतबार राती आगलागी भएको हो । आगलागी भएको बिषयमा सम्बन्धित किसानहरुले आईतबार राति १२ बजे थाहा पाएका थिए । किसानहरुले सूचना दिएपछि पुगेको शसस्त्र, नेपाल प्रहरी र बारुणयन्त्रले स्थानियको सहयोगमा सोमबार बिहानमात्र आगो नियन्त्रणमा आएको थियो ।

परालमा लागेको आगो बिहानै नियन्त्रणमा आएपनि सोमबार बिहानसम्मपनि परालमा आगो सल्किरहेको देख्न सकिन्थ्यो । सडकक्षेत्रमा राखिएको परालमा एकैपटक आगो लागेका कारण स्थानियमा त्राश निम्तिएको स्थानीय यूवा कुशेश्वर राजवंशीले बताए । ‘विराटनगरको बखरी र दरैयाको सडक हुदै चोरी तस्करी हुने गर्दछ,’ उनले भने, ‘तस्करीमा लागेका समूहले आगजानी गरेको हुनसक्दछन् ।’

भारतदेखि अवैध रूपमा तस्करी गर्ने गिरोहका समूहले ल्याएको अवैध सामाग्री बरामद गर्न सशस्त्र प्रहरी र सादा पोशकका प्रहरी टोलीलाई लुकेर गिरोहले ल्याएको सामान समात्न सजिल्लो हुने गरेको थियो,’ विराटनर १२ बखरीका एक स्थानियले भने, ‘यो कुरा तस्करीमा लागेका समूहले थाहा पाए । त्यही भएर उनीहरूले आगजाने गरेको हुनसक्दछ ।’ यस घटनामा प्रहरी प्रशासनले अनुसन्धान गरिनुपर्ने यहाँका स्थानियको माग पनि राखेका छन् । तस्करीको सामान ल्याउने क्रममा पराल छेउमा प्रहरी लुकेर घेराबन्दी गर्नसक्ने आशंकामा आगो लगाएको हुन सक्ने स्थानिय बताउँछन् । सडक किनारका सबै परालहरू जलाउने उद्देश्य सहित परालहरुमा डिजेल छर्केर लामो दुरीसम्म आगो लगाइएको स्थानियको भनाई छ ।

आगलागीमा बखरीबाट दक्षिणतर्फ रहेको दरैया हुँदै नेपालभारत सिमाक्षेत्रसम्म पुग्ने बाटोको दाँयाबायाँ डेढ किलोमिटर क्षेत्रसम्म राखिएको एक दर्जन किसानको पराल जलेर खरानी भएको छ । भर्खरै धान धाउनी गरेर किसानले चौपाय र फुस घर मर्मतकालागी सडक किनारमा पराल राखेका थिए । दरैया र बखरीको सो बाटो हुँदै मध्यरातमा नियमितरुपमा तस्करीको लाईन संचालन हुने गरेको पीडित किसानहरुले बताएका छन् ।

यहाँबाट अहिले टेम्पु र मोटरसाईकल प्रयोग गरेर भारतबाट कपडा, खाद्यबसतुलगायतका विभिन्न सामाग्रीहरू तस्करी गर्ने गरिएको उनीहरूले बताएका छन् । तस्कर गर्ने समुहलेनै आफ्नो सुरक्षाकालागि परालहरुमा आगो लगाएको हुनसक्ने पीडित एकजना किसानले बताएका छन ।
aagolagai