पथरी । मोरङको पथरीशनिश्चरे– ४, स्थित बालकल्याण आधारभूत स्कुल छेउकी क्यान्सर पीडित १७ बर्षिय भद्रकुमारी बस्नेतको उपचारका लागिशनिश्चरे हङकङ समाजले १ लाख७६ हजार ७ सय रुपैया सहयोग गरेको छ ।

मोरङ शनिश्चरे घर भई हङकङमा रहेका नेपालीहरुबाट उक्त रकम संकलित रकमविगत ७ महिनादेखि मलदुवारमा क्यान्सर भइउपचाररत भद्रकुमारीलाई सोमबार हस्तान्तर गरिएको हो । शनिश्चरे हङकङ समाजकामहासचिवधनबहादुर राईको अगुवाईमा ५२ जना नेपालीहरुबाट उक्त रकम संकलनगरेको थियो ।

पथरीशनिश्चरे ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सदस्यतुलसादेवीदर्जी, समाजसेवीमानबहादुर गुरुङ, युवा समाज सेवी नारायण दाहाललगायतको उपस्थितिमासो बराबरको रकमपरिवारलाई हस्तान्तरण गरिएको भद्रकुमारी (सर्मिला) बचाउअभियान समितिका संयोजक राजकुमार विश्वर्कमाले बताए ।

भद्रकुमारीलाई विरामी भएपछि सुरुमा आयुर्वेदीकपसलमालगियो । आयुर्वेदीकपसलले पायल्स भनिदिएर ढेड महिनादवाई ख्वाईयो त्यस पछि दिसाबन्दभयो । दिशाबन्द भएपछि विराटनगरको संजीवन हस्पिटलमा लगेर उपचार गरे । संजीवन हस्पिटलमा भिडियो एक्सरे, एमआरआई गरेपछि रोग पत्तालाग्यो । रोगपत्तालागे पछि हस्पिटलले धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिदियो ।

विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाले क्यान्सर भनेर पत्तालगायो । धरानबाट झापाको विएनसीहुदै फेरी धरानको घोपामा अपरेसन गरेको पीडितका बुबा उद्धब बहादुर बस्नेतले गहभरी आँसु झारदै बताए । उनले विहे गर्ने उमेरमा छोरीलाई भयानक रोग लागेकोले यसको थपउपचारको लागि सबैले सहयोग गरिदिनआग्रह गरेका छन् । उनिपथरीशनिश्चरे–१० को सिंहवाहीनिमाविमाकक्षा १०मा अध्ययनरत हुन् ।

क्यान्सर पीडितका आमा टंकमाया बस्नेतका अनुसार अहिले सम्म आफ्न्त र छरछिमेकमा ऋण गरेर ११ लाखखर्च भैसकेको छ । डाक्टरले पैसाभए छोरी निको हुने आसवासन दिएपछि हामीले सहयोग उठाएर छोरीको थपउपचार गर्ने निर्णय गरेर सहयोगको हात फैलाएको बताए । उनले छोरी निको पार्न सबैले सहयोग गरिदिनआग्रह गरेका छन् ।