धरान । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं.१का विभिन्न ३० योजना तथा कार्यक्रम छनोट गरिएको छ ।

सुनसरी क्षेत्र नंं १ का प्रतिनिधि सभा सदस्य जयकुमार राई संयोजक, सांसदहरु मिनबहादुर विश्वकर्मा र मिना सुब्बा सदस्य तथा शंकरप्रसाद पौडेल सदस्य सचिव रहेको कार्यक्रम निर्देशक समितिले सोमबार जम्मा ४ करोडको योजना तथा कार्यक्रम छनोट गरेको हो ।

सुनसरी क्षेत्र नं.१ अन्तर्गत पर्ने धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका वडाहरुमा सडक, भवन, सिंचाई लगायतका आयोजना निर्माणका लागि १० लाखदेखि २९ लाखसम्मका योजना छानिएका छन् ।