ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा १ हजार २५५ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १ हजार ४०४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ। हाल देशभर १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

२४ घन्टामा २५ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ जना पुगेको छ ।