धरान: धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा महाेत्तरीकी कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास-२ महोत्तरीकी २२ बर्षीया युवतीको आइतबार बिहान २ः५० बजे मृत्यु भएको प्रतिष्ठानकाे सुचना केन्द्रले जनाएकाे छ ।

उनलाई मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर २ गते जनकपुर सिटि अस्पतालबाट रिफर भएर उनी प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।

उनको शव नियमअनुसार व्यवस्थापन हुने प्रतिष्ठानको सुचना केन्द्रले जनाएको छ ।