ब्लाष्टखबर । मोरङ सुन्दरहरैँचा नगरपालिकामा बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।
आज बिहान ८ बजे सुन्दरहरैँचा नगरपालिका ८ सलकपुर स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश नं. १-०१-००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सुन्दरहरैँचा नगरपालिका ७ का ४० वर्षीय बिजेस लिम्बुकाे गम्भिर घाइते भएका थिए ।
घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा ९ बजेर १५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटना पश्च्यात ठक्कर दिने बस र चालक झापा जिल्ला कन्काई नगरपालिका १ का २९ बर्षीय बाबुलाल उराव प्रहरी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।