ब्लाष्टखबर । धरानमा थप १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित पुष्टि हुनेहरूमा पछिल्लाे समय धरान १७ स्थित एन्फा एकेडेमीका स्वाब स्ंकलन गराएकाहरू मध्ये ५ जना र अन्य ९ जना धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरू रहेकाे उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । 

महेताका अनुसार थप १४ जनासहित धरानमा कुल संक्रमितकाे संख्या ३ हजार ३८७ पुगेकाे छ । त्यस्तै, संक्रमण मुक्त हुनेहरूकाे कुल संख्या २ हजार ८८५ पुगेका छ भने सक्रिय संक्रमितकाे संख्या ४३२ रहेकाे मेहताले बताएका छन् ।

हालसम्म धरानमा ७० जना काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे स्वास्थ महाशाखा प्रमुख मेहताले जानकारी दिएका छन् ।