ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा बेलबारीका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा ७६ वर्षीय बृद्ध रहेकाे प्रतिष्ठानकाे सुचना केन्द्रले जनाएकाे छ ।  सुचना केन्द्रका अनुसार संक्रमणकाै आशंकामा मंङ्सिर २ गते प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका बृद्धमा मंङ्सिर ३ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उनकाे उपचारका क्रममा गयराती ९ बजेर ३० मिनेमा मृत्यु भएकाे हाे ।