धरान । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सवमा प्रदेश न १ मा बनेका कथानक चलचित्रहरु, छोटो चलचित्रहरु लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधा अन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना रहेको आयोजकले जनाएको छ । महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान पनि गरिने भएको छ ।

प्रदेश १ का चलचित्रकर्मीहरुको जानकारी सहितको चलचित्र स्मारिका पनि महोत्सवमा विमोचन गर्ने तथा चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजना रहेको महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।

गत २०७६ कार्तिक २९ देखी मङ्सिर २ गते सम्म प्रदेश १ सरकारले चलचित्र महोत्सव घोषणा गरेर सम्पूर्ण तयारी पुरा गरेपनि निर्वाचन आचार संहिताका कारणले महोत्सव स्थगीत भएको थियो ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश न १ सँग अहिले सम्म १३ वटा बिभिन्न पेशागत संघ, संस्था आबद्ध रहेको महासचिव दिनेश कोईरालाले जानकारी दिए ।

यसैबीच नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ले वरिष्ठ सल्लाहकारमा कलाकार दिपाश्री निरौला र चिरिन्जिवी बस्नेतलाई चयन गरेको छ ।

126418223_1084467321983332_6508192774044768008_n