भण्टाबारी । ब्लाष्टकर्मी गोपाल दाहाल "रंग पत्रकारिता सम्मान"बाट सम्मानित भएका छन् । रमपम पूर्वेली म्युजिक अवार्ड २०२० का अवसरमा इटहरीमा शुक्रबार आयोजित कार्यक्रममा पत्रकार दाहाल सम्मानित भएका हुन् ।
 
लामो समयदेखि रंग पत्रकारितामार्फत नेपाली लोकगीत संगीतको सम्बर्द्धन र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै पत्रकार दाहाल सम्मानित भएकाे आयोजक पूर्वेली मिडिया नेटवर्क प्रालि इटहरीका संचालक सुरेशचन्द्र दाहालले जानकारी दिए ।
 
पत्रकार दाहाल धरान कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् । चलचित्र पत्रकार संघ पूर्वान्चल शाखासँग समन्वय गर्दै उनलाई ५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हाे । सो कार्यक्रममा विभिन्न कलाकारहरूलाई पनि सम्मान गरिएको थियो ।