ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज निको हुने संक्रमितको संख्या ३ हजार ५३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । भने, कोरोना संक्रमित भएर निको हुनेको संख्या १ लाख ६८ हजार २२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमितहरू रहेका छन्।

आज थप १३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ हजार २०२ पुगेकाे छ ।