ब्लाष्टखबर । धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान १४ का ७३ वर्षीय वृद्ध रहेका धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् । 

कार्तिक २३ गते काेराेना संक्रमण पुष्टि भएका उनलाइ बुधबार प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे बुधबार बिहान १०:५५मा मृत्यु भएकाे डा.श्रेष्ठले जनाएका छन् । 

मृतक वृद्ध उच्चरक्तचापका दिर्घराेगी रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।