धरान । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज निको हुने संक्रमितको संख्या १ हजार ६६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । भने, कोरोना संक्रमित भएर निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ९२१ जना सक्रिय संक्रमितहरू रहेका छन्।
आज थप २६ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ हजार १७४ पुगेकाे छ ।