धरान । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज निको हुने संक्रमितको संख्या ८५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । भने, कोरोना संक्रमित भएर निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल ३८ हजार ३५ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।

आज थप २२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याे संगै  नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ हजार १४८ पुगेकाे छ ।