ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा थप १ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा उदयपुर, चौदन्दीगडी  २ का  ४२ वर्षीय पुरूष रहेका प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताएका छन् ।

कार्तिक १४ गते कोभिड अस्पतालमा भर्ना भएका मृतककाे १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज दिउँसो १२ बजेर ३० मिनेटमा मृत्यु भएको डा. श्रेष्ठले बताएका छन्।