धरान । फोटो पत्रकार प्रदीपराज वन्तले ‘परदेशीको कर्म’ नामक म्यूजिक भिडियो ल्याएका छन् ।

पहिलो पटक उनले म्यूजिक भिडियो ल्याएको बताए । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेनमेन्टले भिडियो सार्वजनिक गरेका हुन् । कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, बरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले काठमाडौंको एक होटलमा भिडियोको लोकपर्ण गरे ।

प्रमुख अतिथि आकाश अधिकारीले वन्तले नेपालीले विदेशमा भोगेको दुःखलाई गीतको माध्यमबाट प्रस्तुत गरेको बताए । रोजगारीको खोजीमा बिदेशिएका नेपालीको कथालाई गीतको माध्यमबाट मार्मिक चित्रण गरिएको छ । गीतलाई विनोद दनुवारले गाएका हुन् । भिडियोमा फोटो पत्रकार वन्तका अलवा मोडल तथा जुम्बा प्रशिक्षक सोनाम केसीको अभियन रहेको छ । नवीनबाबु गुरुङले निर्देशन गरेका हुन् ।