ब्लाष्टखबर ।  काेराेना संक्रमित सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई उपचारकालागी काठमाडाैं लगिने भएकाे छ । 

नाकबाट रगत बग्न थालेपछि बिहिबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका उनलाइ थप उपचारकालागी शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिने भएको मन्त्री शाहका स्वकीय सचिव जंग विकले जानकारी दिएका छन् ।

कार्तक १५ गते कोरोना संक्रमण पुष्टि भएका शाहकाे नाकबाट रगत बग्न रोकिएपछि अस्पतालले बिहीबार साँझ उनलाई डिस्चार्ज गरिएको थियो ।

सामाजिक बिकास मन्त्रालयले मन्त्री शाहलाई काठमाडौं पठाउने तयारी गरिरहेको मन्त्री कृष्ण सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले बताएका छन् ।