आफ्नो गाउँलाई संगीतको माध्यमबाट संसारभर चिनाउँदै कलाकार उमेश

alt
  • कार्तिक २१, २०७७
  • दिलीप घिमिरे

इनरुवा/ सुनसरीको इनरुवा–३ सखुवागाछी घर भइ हाल अमेरिकाको रिचमोड भर्जिनिया शहरमा बसेका गीतकार÷ संगीतकार उमेश रेग्मीले गीत, संगीतको माध्यमबाट आफ्नो गाउँलाई विदेशमा पनि चिनाउँदै आएका छन् । उनले आफ्नो जन्मभूमि इनरुवालाई संसारभर रहेका नेपाली भाषीहरु माझमा गीत, संगीतको माध्यमबाट परिचित गराउन लागि परेका हुन् ।

उमेश रेग्मीको शब्द र संगीत रहेको ‘सुनसरी ईनरुवा घुमेर हेरौँला, घर सोध्छौ भने ए सानू पूर्व ईनरुवा।।।बोलको गीत बजारमा ल्याएका छन् । सो गीतमा नेपालका चर्चित गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ ।

अमेरिका बसाईका क्रममा यस वर्षमात्र दर्जनौ नेपाली गीतको रचना गरेका उमेशले शब्द संगीत रहेका गीतहरू नेपालका चर्चित गायकहरू स्वर दिएका छन् । हालै बजारमा आएको ‘बाबाको २ पैसे जागिर।। बोलको गीतमा चर्चित गायक रचना रिमालको स्वर रहेको छ भने उमेशको शब्द र सङ्गीत भरेका छन् । जागिरे जिवनको यर्थात चित्रण गरेको यस गीतलाइ अर्का चर्चित गायक विश्व नेपालीले यस अगाडी स्वर दिएका थिए ।

युबराज वाइवाको निर्देशनमा बनेको ‘बाबाको २ पैसे जागिर।। बोलको गीत म्युजिक भिडियो पनि बनाएका छन् । हाल अमेरिकामा बस्दै आएका उमेश सानैदेखिको गीत संगीतप्रति रुची राख्दै आएका थिए । संगितप्रतिको लगावका कारण मातृभुमि बाहिर रहेर पनि आफू जन्मे हुर्केको ठाँउलाई संसारभर गीत संगीतिको माध्यमबाट चिनाउन लागि परेको उनले सुनाए ।

धनकुटाको ल्याण्डफिल् ...

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित ल्याण्डफिल्ड सा ...

प्रधानमन्त्री ओली र ...

धरान । बिहीबार विहान नेपाल आएका भारतीय विदेश सचिव हर्षब ...

प्रदेश १ मा २०७ संक् ...

धरान । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन ...

नाली निर्माणमा अनियम ...

विराटनगर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कू ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved