श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज १९ गते सोमबार, ५ अक्टोबर २०२६, रौद्रनाम संवत्सर। आश्विन कृष्णपक्षको दशमी तिथि २६:५५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पुष्य २५:०१ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५:५८ बजे र सूर्यास्त ०५:४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको गलत अर्थ लाग्नाले मान-सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनु होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजुल खर्च भने हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सापटी दिने बानीले पनि समस्या निम्त्याउनेछ। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।

































