ब्लाष्टखबर । विराटनगरमा बिहिबार थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरूमा महानगरपालिकाकाे ७ नम्बर वडाका ७० वर्षीय , जहदा गाउँपालिका–३ का ५५ वर्षीय ,सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुष रहेका छन् । 

उनिहरू मध्याे ७० वर्षीय बृद्धकाे आफ्नै घरमा मृत्यु भएकाे महानगरपालिकाले जनाएको छ । बुधबार नोबेल मेडिकल कलेजमा पिसिआर परिक्षण गरिएकाे उनकाे साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएकोमा राति ९ बजे वृद्धको आफ्नै घरमा मृत्यु भएको महानगरपालिकाले जनाएकाे छ । 

त्यस्तै, काेराेना संक्रमण पुष्टि भइ कार्तिक १७ गते  अस्पताल भर्ना  भएका जहदाका  ५५ वर्षीय पुरूषकाे  विराटनगरकाे म्याक्स अस्पतालमा मृत्यु भएकाे  अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले बताएका छन् ।

अर्का सिरहाका काेराेना संक्रमितकाे भने विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहीबार बिहान ३ बजे मृत्यु भएकाे अस्पताल प्रबन्धक नारायण दाहालले बताएका छन् । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि भदौ १७ गते अस्पताल भर्ना गरि  पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्टमा संक्रमण देखिएकाे थियाे । ।

संक्रमण देखिएपछि उपचारकालागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे  ।