ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आज बिहानै थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा माेरङका ५९ वर्षीय पुरूष, सप्तरीकाे राजवीराज १ का २३ वर्षीय युवती  र   राजवीरज ८ का ६५ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् । 

उनका अनुसार कार्तिक ९ गते काेराेना संक्रमण पुष्टि भइ साेहि दिन प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका माेरङका  पुरूषकाे ज  बिहान ३ बजे मृत्यु भएकाे हाे । मृतकमा उच्च रक्तचाप र इस्केमिक हृदय रोगका बिरामी रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।

त्यस्तै,एनेमिया, पेन्टोफेनिया,
हाइपोथायरायडिज्म र एडल पोलिसिस्टिक जस्ता दिर्घराेग रहेकी राजविराजकी २३ बर्षीया युवतीमा कार्तिक १५ गते कोभिड पुष्टि भएकाे थियाे । १९ गते हिजाे प्रतिष्ठानकाे काेभिड अस्पतामा उपचारकालागी ल्याइएकी उनकाे बिहान ३ :१५ मा मृत्यु भएकाे सह-प्रवक्ता श्रेष्ठले बताएका छन् ।

यसैगरि, राजविराजकै अर्का पुरूषकाे पनि आज बिहान ८ बजे मृत्यु भएको श्रेष्ठले जनाएको छ । उनका अनुसार कार्तिक १५ गते कोभिड पुष्टि भएका मृतकपुरूषलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । तीनै जना मृतकहरुको शवलाई नियम अनुसार व्यवस्थानको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।