ब्लाष्टखबर । धरानका एक काेराेना संक्रमितकाे बिराटनगरमा मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १६ का ७७ वर्षीय काेराेना संक्रमित पुरूषकाे विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकाे उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।

कुनै पनि दिर्घरोग नभएको मृतकमा कार्तिक ८ गते कोरोना संक्रमित भएकाे थियाे ।

त्यस्तै, धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा केराबारी गाउँपालिका ८ का ५७ वर्षीय काेराेना संक्रमितकाे मृत्यु भएकाे प्रतिष्ठानमाका सहप्रवक्ता आशिस श्रेष्ठले बताएका छन् । उनका अनुसार   उपचारको क्रममा आज बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको हाे ।