भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकामा पाँच शैयाको कोभिड अस्पताल सञ्चालन भएको छ । केन्द्र सरकारको निर्देशन अनुसार जिल्लामा पहिलो पटक स्थानिय तहमा अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल सञ्चालन भएको हो ।

कोरोना संक्रमितलाई पालिकामै उपचार गर्न सुविधा सहितको अस्थायी अस्पताल गाउपालिकाको वडा नम्बर ४ मानेडाँडामा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । अध्यक्ष राईका अनुसार केन्द्रबाट आएको १० लाख रकम अभाव भएमा गाउँपालिकाले समेत लगानी गरेर स्थानियलाई थप सेवा दिने गाउपालिकाको योजना रहेको छ ।

अस्पतालबाट कोभिडका विरामीसँगै गर्भवती महिला, बालबालिका र बृद्ध बृद्धाले समेत सहज रुपमा उपचार सेवा पाउने गाउँपालिकाकी उपाध्यक्ष सम्झना राईले बताईन । उनले भनिन् “गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरिरहेको छ, बिगतमा लकडाउनको समयमा समेत सुत्केरी, गर्भवती र वृद्ध वृद्धाको स्वाथ्यलाई ध्यानमा राख्दै गाउँपालिकाको लगानीमा औषधी खरिद गरेर वितरण गरेका छौ , यसबाट स्थानिय जनता प्रत्यक्ष लाभाम्वित भएका छन । ”

अस्पतालबाट स्थानीयले भिडियो एक्सरे, रगत जाँच, ल्याब लगाएत जिल्ला अस्पतालबाट पाउने सुविधा समेत लिईरहेको डा कैलाश विश्कर्माले बताए । अस्पतालमा मेडिकल अफिसर सहितको टोलीले स्थानीयलाई सेवा प्रदान गर्ने उनले जानकारी दिए ।

स्थानीय तहमा कोभिड अस्पताल सञ्चान हुदा कोरोना नियन्त्रण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले विश्वास व्यतm गरे । प्रजिअ पुरीले भने “अस्पतालमा अक्सिजन लगाएत आवश्यक सुविधा नहँुदा कोभिडका बिरामीलाई उपचारमा समस्या छ, गाउँपालिका स्तरमा यस्ता अस्पताल सञ्चालन हुनुले व्यवस्थापनका साथै कोरोना भाईरस नियन्त्रणमा पनि सहज हुने भएको छ ।”

कोभिड अस्पताल सञ्चालनमा आए सँगै स्थानीयबासी खुसी भएका छन् । संक्रमित भइहालेमा उपचारका धरान विराटनगर जानु नपर्ने भन्दै उनीहरु खुसी भएका हुन ।