ब्लाष्टखबर । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा झापाकाे शिवसत्ताक्षी नगरपालिकाका ३८ वर्षीय पुरुष रहका छन् ।

निमोनिया देखिएपछि बुधबार नोबेल मेडिकल कलेजमा भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएकाे नोबेलका  प्रबन्धक नारायण दाहालले जनाएका छन् ।

उनका अनुसार अन्य केहि  दिर्घराेग नदेखिएका उनकाे शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको हाे ।