ब्लाष्टखबर । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृत्यु हुनेमा एक जना चितवनका र अर्का एक जना रूपन्देहीका पुरूष रहकाे अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जनाएका छन् । 

उनका अनुसार चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेटमा मृत्यु भएकाे हाे । भने, वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएकाे थियाे । 

कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।  

दुबैकाे अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो । 

चितवनका बृद्ध उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित रहकाे अस्पतालले जनाएकाे उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, वुटवलका बृद्धमा कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो ।