वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा  कोरोना संक्रमित  २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना पुरुष तथा १ महिला रहेका छन् । यो संगै कोरोनाबाट नगरपालिकामा  संक्रमित मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मृत्यु हुनेमा वडा नम्बर ११ की ४८ वर्षिया महिला तथा वडा नम्बर ६ का ८० वर्षका पुरुष रहेका छन् ।  यस अघि वडा ५ का ४० वर्षका एक काेराेना संक्रमित पुरुषको मृत्यु भएकाे चतरा स्थित जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ आइसोलेसन सेन्टरका अहेब प्रमोद यादवले बताए ।

अहिले सम्म नगरपालिकामा संक्रमित हुनेको संख्या १ सय ६ पुगेको छ, भने १२ जना होम आइसोलेसनमा रहेको जानकारी दिए ।

यसैगरी चतरा आइसोलेसनमा रहनेकोे संख्या १ सय ८० जना रहेको छ ,भने निको भएर १ सय ५० जना घर फर्केका छन् । हाल आइसोलेसनमा संक्रमितको संख्या भने २८ रहेको तथा २ जन रिफर गरिएको अहेब यादवले बताए ।

उता कोरोनाभाइरसबाट ३ जना महिला कर्मचारी संक्रमित भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा अनिश्चितकालिन बन्द भएको, अस्पताल श्रोतले जानकारी दिएको छ ।