ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या ९९ हजार ६०५ पुगेकाे छ । 

हाल देश भर ४४ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप २६ संक्रमितकाे जनाको ज्यान गएको छ । नेपालमा काेराेना संक्रमित मुत्यु हुनेहरूकाे कुल संख्या ७९१ रहेको छ ।