धरान । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका राप्रपा अध्यक्ष कमल थापालाई अस्पताल भर्ना गरिएको छ ।

शुक्रबार नै एक्कासी श्वासप्रश्वासको समस्या आएपछि काठमाडौंस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । उनलाई आइसियुमा राखेर उपचार भइरहेको अध्यक्ष थापा निकट स्रोतले जनाएको छ । कोरोना संक्रमण देखिने बितिकै उनलाई श्वासप्रश्वासको समस्या भएको थियो । बिहीबार ह्याम्स अस्पतालमा स्वाब दिएका थिए । परीक्षणको क्रममा पोजेटिभ रिपोर्ट आएपछि उनलाई समस्या भएको हो ।

हाल आइसियुमा उपचाररत भए पनि स्वास्थ्य अवस्था सुधार हुँदै गएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।