बेलबारी / नजिकिदै गरेको चाड पर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना तथा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै सार्बजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुको सहजताका लागि बेलबारीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
 
बेलबारी ३ स्थित पुरानो बेलबारीमा बुधबार सहायता कक्षको बेलबारी वडा नम्बर ३ की सदस्य निषाकिरण राई, ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकाल, बेलबारी लायन्सका अध्यक्ष खेम गौतम, बेलबारी जेसिजका अध्यक्ष राजेश खत्री, ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख प्रेमकुमार शाह लगायतले संयुत्त रुपमा सो सहयात कक्षको उदघाटन गरेका हुन ।

कार्यक्रममा प्रहरी निरिक्षक ढकालले यात्रुहरुको सहजताका लागि सो सहायता कक्ष स्थापना गरिएको बताएका छन् । चाडपर्बमा बढी यात्रुहरु ठगिने र सार्बजनिक यातायातमा समेत लापरबाही गरिने लगायतका समस्याहरु उत्पन्न हुने भएका कारण यात्रुहरुको सहजताका लागि सो कक्ष सञ्चालनमा ल्याएको उनले बताए ।
 
यसअघि बिराटचौकमा समेत सहायता कक्ष सञ्चालनमा ल्याईएको छ । सहायत कक्ष निर्माणका लागि लायन्स क्लब अफ बेलबारीले सहयोग गरेको थियो ।