पथरीशनिश्चरे/ मोरङको पथरी शनिश्चरे १ स्थित पथरी बजारमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ ।
पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा आन्तरिक राजस्व कार्यालय विराटनगर अन्तर्गत कार्यालय खडा गरी सेवा सञ्चालनको काम प्रारम्भ गरिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले जनाए ।
अनौपचारिक कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, ७ का अध्यक्ष कपिलमणि ढकाल सहितका जनप्रतिनिधिको समेत उपस्थिती रहेको थियो । नगरपालिका र पथरी उद्योग वाणिज्य संघको पहलमा पथरी शनिश्चरेका साथै उर्लावारी, मिक्लाजुङ, लेटाङ कानेपोखरीका सेवाग्राहीका लागि कर सम्वन्धी काम गर्ने कार्यालय खडा गरिएको हो ।
वडा नम्वर १ को बुद्धचोक उत्तरमा रहेको कार्यालयमा कार्यालय प्रमुख अधिकृत कमल मैनाली सहितका ३ जना कर्मचारीबाट हाल सेवा सञ्चालन भएको छ ।